पवर्तका गुरुङ अर्मलाकोट पर्वतीय दौड च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०८२ मा प्रकाशित


पोखरा-अर्मलाकोट युथ क्लबको आयोजनामा शुक्रबार बसन्त पञ्चमीको अवसरमा आयोजित बाह्र किलोमिटर पर्वतीय दौडको उपाधि पर्वतका सुवास गुरुङले जितेका छन् । उनले दुरीलाई ५० मिनेट १० सेकेण्डमा पुरा गर्दै नगद २५ हजार रुपैयाँ पुरस्कार जिते ।

काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । उनले बीस हजार रुपैयाँ प्राप्त गरेका छन् । तनहुँका टोपबहादु कुमालले ५० मिनेट ४७ सेकेण्डमा पुरा गर्दै तेस्रो बन्दै १५ हजार नगद पुरस्कार थापे । सिन्धुपाल्चोकका मिङमार सिङ्गी चौथो बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा ओखलढुंगाकी लाक्पानिमा शेर्पाले एक घण्टा २ः२४ सेकेण्डको समय लगाउँदै नगद २५ हजार राशीको प्रथम पुरस्कार थापिन् । सिन्धुपाल्चोकी नितु तामाङले एकघण्टा १५मिनेट १५ सेकेण्डको समय लगाउँदै दोस्रो भईन् । उनले २० हजार पुरस्कारको हकदार बनिन् । कास्की माछापुच्छ«े गाँउपालिकाकी एन्जिला जि.टीले १ घण्टा २० मिनेटको समय लगाउँदै तेस्रो भईन् । १५ हजार रुपैयाँ प्राप्त गरिन् । लेकसाईडकी सपना गुरुङ चौथो हुदैं नगद १० हजार रुपैयाँ हात पारिन् ।

यसैगरी वडा १६ स्थानीय प्रतिस्पर्धामा महेन्द्र घर्तीमगर प्रथम, रव्न्द्रि घर्तीमगर दोस्रो, रन्जित विक तेस्रो र विशाल विक चौथो स्थान प्राप्त गर्दै नगद पुरस्कार क्रमश ८, ५, ३ र १ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी स्थानीय महिला तर्फको प्रतिस्पर्धामा सादगी शर्मा, आइतीमाया घले, कृति गौतम र हेमादेवी छन्त्याल प्रथम, द्धितीय, तृतीय र चौथो स्थानमा रहे । उनीहरुले पनि नगद ८ हजार, ५ हजार ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरे । अर्मलाकोटमा वर्षेनी बसन्त पञ्चमीको अवसरमा पर्वतीय दौड प्रतियोगिता हुदैं आएको दौड संयोजक जुमप्रसाद गुरुङले बताए ।