
पोखरा- घरेलु कोर्टमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बललाई उदघाटन खेल सुम्पिदैं छैटौं एनसेल टाईगर कप महिला तथा पुरुष क्लब च्याम्पियसिप भलिबल प्रतियोगिताको शुरुवात गरेको छ ।
टाईगर ग्रुफ अफ पोखरा नेपालको आयोजनामापोखरा रंगशाला भलिबल कोर्टमा शुक्रबार भएको प्रतिस्पर्धामा पुरुष तर्फ गण्डकी सशस्त्र प्रहरीसँग ३—१ को सेटमा पराजित हुदैं अर्को खेल जितको परीक्षामा रह्यो । लगातार दुई सेटले पछि परेको गण्डकी तेस्रो सटमा कम्ब्याक हुन पुग्यो । तर चौथो सेटमा फितलो प्रदर्शनलाई दोहोर्याएपछि उदघाटन सशस्त्र प्रहरलाई सुम्पिन पुग्यो ।
पहिलो सेट २६–२४ ले जितेको एपिएफले दोस्रो सेट २७–२५ ले आफनो पक्षमा पार्दै जित तर्फ उन्मुख भयो । तर तेस्रो सेटमा भने सशस्त्रलाई १९—२५ को अवस्थामा रोक्दै गण्डकी खेलमा फर्किने कोशिस गष्र्यो । तर चौथो सेट –१९गुमाउन पुग्यो । तर तेस्रो सेटमा गण्डकी खेलमा फर्किदै ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा एपिएफ २५–२१ ले जित्दै खेल गण्डकीको चुनौतिलाई पन्छायो । एपिएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।

पुरुषतर्फनै भएको अर्को एक खेलमा विभागिय टोली नेपाल आर्मी क्लबले विजयी सुरूआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने । उनले केल्मीको टिशर्ट प्राप्त गरे ।
महिलातर्फ भएको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले सहज जित निकाल्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरे । प्रमुख भट्टले खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि उठाउने महत्वपूर्ण माध्यम रहेको भन्दै खेल क्षेत्रमा लगानीका लागि सरकार प्रयत्नशिल रहेको स्पष्ट पारे ।एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकिय शहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महशुस भएको उल्लेख गरे । नेपाल भलिबल संघका महासचिब रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको उनको भनाई थियो ।
तीन जना सम्मानित
एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने तीन जनालाई टाइगर ग्रुप अफ पोखरा, नेपालले सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…