
पोखरा-विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३—१ को सोझो सेटको जित आत्मसात गर्यो । छैैटौं एनसेल टाईगर कप महिला तथा पुरुष क्लब च्याम्पियनसिप अन्तर्गत महिला तर्फको प्रतिस्पर्धामा एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्ने क्रममा नेपाल पुलिस क्लबले लगातार तीन सेट जित्दै आर्मीको चुनौतिलाई पन्छायो ।
टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा शनिबार भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई पहिलो सेटमा २५—१६ ले पराजित गर्दै आत्मविश्वासी देखियो । तर नेपाल पुलिस क्लबले दोस्रो सेट आफनो पक्षमा पार्दै खेलमा फर्कियो ।
पुलिसले २५—१७, २५—२२ र अन्तिम सेट २५—१३ मा लिदैं आर्मीको चुनौतिलाई पुनरागमन गर्दै पन्छायो । आर्मीको यो लगातार दोस्रो हार हो । शुक्रबार आर्मी न्यु डायमण्डसँग पनि सोझो सेटमै पराजित भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…