
पोखरा-नौ विधामा पुरस्कार दिईने दशौं सस्करणको रारा पोखरा स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ गते पोखरा इभेण्ट सेन्टरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने छ । मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन तयारी चाउचाउले गरेको छ । विभिन्न संघसंस्थाले विभिन्न विधामा पुरस्कार प्रायोजन गरेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
उत्कृष्ट महिला, उत्कृष्ट पुरुष, स्पेशल अवार्ड, उदीयमान, दर्शक छनोट(पिपुल्स च्वाईस), लाईफटाईम अचिभमेन्ट, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट क्लब तथा संघसंस्थालाई पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष एमबी आस्थाले जनाए । स्पेशल अवार्डलाई नेलम्बो नेपालले सहयोग गरेको छ । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। शल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, फ्रयाङकलिंक एजुकेशन, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्ड शवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक थापा९पूर्व वडा सदस्य पो.म.न.पा. १० , लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…