
धन बस्नेत पोखरा-सर्वाधिक उचाईको गल्फ कोर्षको विश्व कीर्तिमान राख्ने योजनासहित शुरु भएको “टप अफ दि वल्र्ड गल्फ क्लासिक” को पाँचौ संस्करण यही भदौ १५ गतेदेखि शुरु हुदैै छ । ४६४५ मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा पाँचौ संस्करणको गल्फ प्रतियोगिता आयोजना हुदैं छ ।
“टि फर क्लाईमेट” नाम दिइएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव बारे खेलकुदको माध्यमबाट देखाउने र सचेत बनाउने ध्येयसहित मुस्ताङ गल्फ कोर्षले विगत पाँचवर्षदेखि गल्फ प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । प्रतियोगिताको निरन्तरताले सर्वाधिक उचाईको गल्फ कोर्ष र प्रतियोगिता गिनिज बुकमा लेखाउने लक्ष्य राखिएको कोर्षका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “निरन्तर प्रतियोगितापछि मात्रै गिनिज बुकमा नाम लेखिने छ ।” उहाँले भन्नुभयो—“नियमित प्रतियोगिता नगर्दा कीर्तिमान लेखाउन नसकिने मात्रै नभई निरन्तर प्रतियोगिता नगर्दा नपत्याउने हुदाँ पनि प्रतियोगितालाई निन्तरता दिइएको हो ।” गिनिज बुकमा कीर्तिमानी अक्षर लेखिएपछि खेलकुदमा नयाँ गन्तव्य बन्ने विश्वास उहाँको थियो ।
पाँचौ संस्करणमा नेपालका शीर्ष बरियताका पाँच गल्फरले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुसँगै अन्य विभिन्न शहरका गल्फरले उपस्थिति जनाउने छन् । भुवन नगरकोटी, जयराम श्रेष्ठ, निरज तामाङ, दिनेश प्रजापति र सन्जय लामाको सहभागिता रहने छ । उनीहरु बीचको विजेताले नगद ७५ हजार प्राप्त गर्ने छन् । जसलाई नेपाल माष्टर घोषणा गरिने प्रवन्ध निर्देशक विष्टले बताउनुभयो । दोस्रो हुनेले नगद ५० हजार, तेस्रो, चौथो र पाँचौलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।
एमेच्योर तर्फ १० महिलासहित ४० पुरुष गल्फरको सहभागिता रहने विश्वास छ । १८ होलमा हुने प्रतिस्पर्धा स्टेबलफोर्डमा खेलाईने छ । होल ईन वानले घोडा पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । होल ईन वान होल नम्बर थ्रीमा राखिएको छ । बेष्ट ग्रस, महिला विजेता, क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राईभलाई पुरस्कृत गरिने छ । प्रतियोगितालाई लोमान्थाङ गाँउपालिकाको सहयोग रहेको छ । प्रभु बैंक, सिटी एक्सप्रेस मनि ट्रान्सफर, माछापुच्छ्रे बैंक, एक्सट्रिम इनर्जी, सोनाम गियर, बाह्रसिंगे वियर लगायतले प्रायोजन गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…