
काठडमाडाैं, असाेज १९ । कोरोना भाइरसको कहरका कारण पहिलोपटक अर्चुअल माध्यमबाट तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
बंगलादेश तेक्वान्दो फेडेरेशनको आयोजनामा असोज १७/१८ गते उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
पहिलो बंगलादेश तेक्वान्दो (पुम्से) इन्टरनेशनल लाइभ च्याम्पियनसिप–२०२०’ मा सहभागी भएको नेपाली सेनाका खेलाडीले समेत ४ वटा पदक जितेका छन् ।
त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आयशा शाक्यले स्वर्ण पदक जितिन् भने सिना मादेन र नीता गुरुङले रजत तथा कृष्ण बहादुर तामाङले रजत पदक जितेका छन् ।
प्रतियोगितामा विभिन्न १९ देश बाट ३ सय ४४ खेलाडीहरु सहभागी थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…