
Lakers vs Heat
एजेन्सी-लस एजन्लस लेकर्सले मियामी हिटसँगको तेस्रो खेलमा जित निकाल्दै एनबीए सिरिज ३-१ ले अग्रता लिएको छ ।
पहिलो सेटमा लिएको अग्रतालाई जोगाउँदै लेकर्सले हिटमाथि ६ स्कोरले पराजित गरेको हो । पहिलो क्वार्टर २७-२२ ले अग्रता लिएको लेकर्सले खेल टुग्याउँदा १०२-९६ स्कोरमा पराजित गरेको थियो ।
पहिलो क्र्वाटरमा ५ स्कोरले पछि परेको हिट दोस्रो लेकर्समाथि ३ अंकको अग्रता कायम गर्दै दुई अंकको फरकमा स्कोरलाई झारेको थियो ।
तर तेस्रो क्र्वाटरमा तीन स्कोरले २६-२३ पछि परेको हिट चौथो क्वार्टरमा भने २७-२६ को स्थितिमा रह्यो ।
लेकर्सका फरवार्ड लिब्रोन जेम्सले २८ स्कोर गरे । आठ स्कोरको लागि असिष्ट मिलाए । हिटका जिम्मी बटलरले २२ स्कोर हिर्काए । ९ स्कोरको लागि असिष्ट गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…