
मुवाँथाई खेलाडी पलिस्था कक्षपति नगदसहित सम्मानित
काठमाडौं-विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।
पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो–नेपाल मुवाँथाईंमा तीन स्वर्ण जितेकी थिइन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निश्चित मापदण्ड बनाएर विवादरहित ढंगले पुरस्कृत गर्नु पर्नेमा जोड दिए । नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष कक्षपतिले पूर्व खेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिदै सानै सम्मानले पनि खेलाडीमा उर्जा सञ्चार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । सम्मानित पलिस्थाले भविष्मा अझ राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाएको बताउदै सम्मानले अन्य खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरणा दिने बताइन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…