फोहोरको चपेटामा रङ्गशाला

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७७ मा प्रकाशित


पोखरा रङ्गशालाभित्रको गल्फ एकेडेमी स्थलमा सरसफाई गर्दै हिल हिमालयका सदस्यहरु ।

पोखरा-पोखरा रङ्गशाला फोहोरको चपेटमा परेको छ । रङ्गशालाभित्रै सेती नदीको किनारमा प्लाष्टिकजन्य फोहोर फाल्ने डम्पिङ्ग साईट बनेको छ । रङ्गशाला भित्र जोकोही छिर्न नपाएपनि फोहोरको मात्रा थुप्रिएको छ । थुप्रिएको फोहोरलाई शनिबार हिल हिमालयजले सफाई गर्यो । सफाईकै क्रममा १०० बोरा फोहोर निकालियो । रङ्गशालाभित्रबाट प्लाष्टिकजन्य फोहोरसँगै वियरका बोतल र सिरिन्ज भेटिएको हिल हिमालयजले जनाएको छ ।

रंगशालाभित्रबाट फोहोर संकलन गरेर डम्पिङ साईट पठायो । ‘पोखरा रङ्गशाला डम्पिङ साईट नै बनेको देखियो’ सरसफाई अभियानमा लागि परेको हिल हिमालयजका सदस्य राजु बोगटीले भने–‘स्वास्थ्य प्रतिको सचेतनासँगै बातावरणप्रतिको सचेतना पनि हुनुपर्छ ।’ बातावरण नै प्रदुषण रहे खेलकुद खेलेर मात्रै खासै अर्थ भने राख्दैन् । प्रदुषित बातावरणमा स्वास्थ्यको लागि खेलकुद अर्थहीन हुन्छ ।

पोखरामा वर्षदिन अघि १३ औं दक्षिण एशिायाली खेलकुद प्रतियोगिता आयोजना गरियो । आयोजनासँगै रङ्गशालाभित्र प्रयोग भएका प्लाष्टिकजन्य फोहोरलाई भित्रै डम्पिङ गरियो । त्यसले बातावरणीय प्रदुषण फैलाएको थियो । त्यस तर्फ ध्यान भने कर्मचारी तथा खेलाडी कसैले पनि दिएका थिएनन् । दैनिकजसो फोहोरलाई गल्फ एकेडेमीको लागि छुट्टाइएको ठाँउमा डम्पिङ गरिदैं आएको थियो । डम्पिङ गरिएको फोहोरलाई हिल हिमालयले आफनो २३ औं अभियान अन्तर्गत सरसफाई गरेर डम्पिङमुक्त बनायो । फोहोर संकलन गर्न ३५ जना सदस्य खटिएका थिए । वियरका बोतल, सिरिन्ज तथा प्लाष्टिक जन्य फोहोरलाई झाडीमा फालेर डम्पिङ गरिएको अवस्थामा पाइएको सरसफाई अभियानकर्ता बोगटीले सुनाए । ‘स्वास्थ्यसँगै बातावरण र पर्यावरणप्रति पनि सचेत बन्न जरुरी छ ’ उनले भने–‘अब फेरी रङ्गशाला डम्पिङ साईट नबनोस भन्ने हाम्रोचाहना हो ।’ रङ्गशालाभित्र फोहोरलाई एक ठाँउमा जम्मा गरेर हप्तैपिच्छे फोहोर फाल्ने गाडी बोलाएर व्यवस्थापन गर्न समेत हिल हिमालयले सुझाव दिएको छ ।

‘बाँकी रहेको ठाँउमा दोस्रो चरणमा सफा गर्ने छौं ।’ उनको भनाई थियो । हिल हिमालयले २२ हप्ता अघि देखि पोखरा महानगरपालिका क्षेत्रभित्रकै विभिन्न ठाँउमा सरसफाई अभियान शुरु गरेको थियो । लकडाउनकै समयमा हिल हिमालयको सरसफाई अभियान शुरु गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले बताए । ‘एकदुई पटक सफा गरेको ठाँउलाई दोहो¥याएर सफा गर्नुपर्ने अवस्था नआओस’ अध्यक्ष गुरुङले भने–‘सरसफाई आफैंबाट शुरु गर्नुपर्छ । आफनै ठाँउबाट गर्नुपर्छ ।’

विशेष गरी डाडाँकाडामा फालिएको फोहोरलाई व्यवस्थापन गर्दै आएको छ । ‘सरसफाईसँगै बातावरणप्रतिको सचेतना जगाउने प्रयास पनि हो’ हिल हिमालयका अध्यक्ष रोशन गुरुङले भने–‘हामीले सरसफाई अभियान स्वयंसेवक रुपमा गर्दै आएका छौं ।’ शुरु भएको थियो । ३ जनबाट शुरु गरिएको सरसफाईको अभियानमा अहिले दर्जनौं सदस्य छन् । ‘एकदुई पटक सफा गरेको ठाँउलाई दोहो¥याएर सफा गर्नुपर्ने अवस्था नआओस’ अध्यक्ष गुरुङले भने–‘सरसफाई आफैंबाट शुरु गर्नुपर्छ । आफनै ठाँउबाट गर्नुपर्छ ।’