
स्याङजा विरुद्ध नवलपुरका व्याट्सम्यान विशाल पौडेल व्याटिङ गर्दै । तस्बिर धन
पोखरा-अन्तिम बलमा एक रन जोड्दै स्याङजाले नवलपुरमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । सोमबार २१४ रनको लक्ष्यलाई स्याङजाले अन्तिम बलमा ८ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्दै प्रदेशस्तरीय छनोटमा अन्तिम खेलमा सुखानुभूति गर्दै टुग्याएको छ ।
स्याङजाको इनिङमा विष्णु पाण्डेले उत्कृष्ट व्याटिङ गरे । उनले ७५ रन बनाएपछि जितको लागि अन्तिम बलमा आईपुग्दा लक्ष्य प्राप्त गरे । तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरेपछि स्याङजाले २१४ रनको लक्ष्य ८ विकेटको क्षतिमा पुरा गरेको थियो । स्याङजा पहिलो खेलमा कास्की र दोस्रो खेलमा तनहुँसँग पराजित भएको थियो ।
गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा स्याङजाले जितको लक्ष्यलाई अन्तिम बलमा पुरा गरेको थियो । अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा विकेट गुमेपछि तनाबमा रहेको स्याङजाले १ रन १ बलको अवस्थामा लक्ष्य भेट्टाउदाँ सान्त्वना जित आत्मसात गर्यो ।
स्याङजाले पहिलो विकेट ४५ रनमा गुमायो । ईश्वर क्षत्रीलाई गुमाएको स्याङजाले दोस्रो विकेट पनि सस्तैमा गुमाउन पुग्यो । ८ रन जोड्ने क्रममा दोस्रो विकेट गुमाएको स्याङजाको इनिङलाई सम्हल्ने क्रममा करण पंगेनी र विष्णु पाण्डेले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी निभाए । ईश्वर ३२ बलमा २८ रनमा आउट भए । उनले ३ चौका १ छक्का हिर्काएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा सौजन्य रेग्मी पभेलियन फर्किएका हुन् । उनले ३१ बलमा १९ रन बनाउँदा २ चौका स्कोर कार्डमा लेखाएका थिए ।
ओपनर पंगेनी र पाण्डेले तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे । पंगेन व्यक्तिगत ४१ रनमा आउट हुदाँ स्याङजा ११२÷३ को अवस्थामा रह्यो । ८३ बल खेल्दै ५ चौकाको मद्दतमा ४१ रन बनाएका उनी आउट भएपछि विष्णु पाण्डेले स्याङ्जालाई सम्हल्ने जिम्मेवारी आफनो काँधमा लिए । ४२ बलमा ३५ रनको आवश्यकता रहेको अवस्थामा पाण्डेले अर्धशतक पुरा गर्दै बलियो आधार तयार पारिदिएका थिए । पाण्डेले १०९ बल खेल्दै ७५ रन हिर्काए । उनले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ८ चौका हिर्काए । अशोक श्रेष्ठले २७ रनको योगदान दिएका थिए । बलिङ तर्फ विज्ञान गौतमले ९ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएर २ विकेट लिए । कैलाश पंगेनीले पनि ८ ओभरमा ३३ रन खर्चिएर ३ विकेट लिएका थिए ।
टस जितेर व्याटिङ गरेको नवलपुरले सन्देश बस्नेत र दिपक डुम्रेको अर्धशतकीय पारीमा नवलपुरले स्याङजालाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मिडल अर्डरका बन्नेत र डुम्रे तथा बटम अर्डर कमल परियार र विशाल पौडेलको महत्वपूर्ण साझेदारी देखिदाँ ४७.१ ओभर खेल्दै नवलपुरले स्याङजालाई बलियो रनको चुनौति दिएको थियो । ७ रनमा एक विकेट गुमाउन पुग्यो । दोस्रो विकेट गुमाउँदा केवल १९ रनमात्रै जोडेको थियो । तेस्रो र चौथो नम्बरमा आएका सन्देश बस्नेत र दिपक डुम्रेले तेस्रो विकेटको लागि ७९ रनको महत्वपूर्ण साझेदारी निभाए । डुम्रेलाई सुजन गौतमले ईश्वर क्षत्रीको हातबाट क्याच गराएपछि साझेदारी टुटेको थियो । दुवैले अर्धशतक पुरा गरे ।
डुम्रेले ५२ बलमै ५२ रनको ठोस इनिङ खेल्दै ५ चौका र २ छक्का हिर्काए । बस्नेतको विकेट भने मिलन लुईटेलले लिए । बस्नेतले पनि ५० रन बनाउने क्रममा ७५ बल खेले । ४ चौका र १ छक्का स्कोरमा चढ्यो । नवलपुर १३०÷६ को स्थितिबाट अगाडि बढाउने क्रममा बटम अर्डरका कमल परियार र विशाल पौडेलको साझेदारी पनि महत्वपूर्ण रह्यो ।
सातौं विकेटको लागि उनीहरु दुवैले ५३ रनको साझेदारी निभाए । ३२ बल खेल्ने क्रममा कमल २४ रनमा आउट भए । तीन छक्का हिर्काए । ३९.५ ओभरमा विष्णु पाण्डेले परियारको विकेट लिए । लगत्तै पाण्डेले ३५.६ ओभरमै अर्को विकेट लिएपछि नवलपुर १८३÷८ को अवस्थामा थियो । विशालले ३५ बल खेल्दै २९ रन हिर्काउने क्रममा ३ चौका व्याटबाट निस्कियो । थप २६ रन जोड्ने क्रममा अन्तिम दुई विकेट गुमाउँदै नवलपुरले २१३ को योगफल तयार पार्यो । बलिङमा मिलन लुईटेलले १० ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । विष्णु पाण्डेले एकै ओभरमा दुई विकेट लिदाँ अशोक श्रेष्ठको नाममा एक विकेट लेखियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…