
जिम्मेवारी सम्हाल्दै नवनियुक्त खेलकुद मन्त्री लामा ।
काठमाडौं-नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले मन्त्रालयको पदभार सम्हालेका छन् । गत साता मात्रै नवनियुक्त भएका लामाले आईतबार मन्त्रालयको पदभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वागत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकर्मालाई हटाएर लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसैबीच पदमुक्त भएका निर्वतमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई गरेको छ । तीन वर्र्षे मन्त्री पदमा रहेको विश्वकर्मालाई आईतबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले बिदाई गरेका थिए ।
तीन वर्षे कार्यक्रममा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । सागमा नेपालले ५१ स्वर्णसहित ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…