बागमतीमाथि प्रदेश १ को सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १४ गते २०७७ मा प्रकाशित


विकेट लिएपछि खुशी साट्दै ।

दाङ- कप्तान रुबिना क्षत्रीको अर्धशतीकय पारीमा प्रदेश नं २ ले बाग्मती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाउने क्रममा कप्तान क्षत्रीले ५५ बलमा ५५ रन बनाउँदै कप्तानी पारी खेलिन् ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत देउखुरी क्रिकेट मैदानमा टस जितेर क्रिजमा उत्रिएको प्रदेश १ का लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन् । बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन् ।

१ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटिएको थियो । बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन जोडिन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन् ।

बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ। दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ ।