
विकेट लिएपछि प्रदेश नं १ का खेलाडीहरु खुशीले उफ्रिदैं ।
काठमाडौं, पुस १९ । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता फाइनल खेल आज हुँदैछ ।
दाङको लमहीमा हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दैछन् ।
एपिएफ र प्रदेश एक अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रदेश एकले सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख पुरस्कार जित्नेछन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…