
एन्फाको १९औं साधारण सभा
काठमाडौं-अखिल नेपाल फुटबल संघ(एन्फा)को साधारण सभाले पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ ।
काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए ।
निवौचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ । फिफाको गाइड लाइन अनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने ब्यवस्था गरेको हो ।मंगलबारकै साधारण सभाले आगामी वर्ष २०७७÷७८ को लागि वार्षिक बजेट तथा कार्यक्रम पनि पारित ग¥यो ।
राष्ट्रिय लिग, फुटसल छनोट प्रतियोगिता, विभिन्न वर्कसप, बाँकी रहेको ‘बी’ डिभिजन लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट कप, सहिद स्मारक ‘सि’ डिभिजन लिग, राष्ट्रिय महिला लिग, अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता, फोर नेशन्स कप लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा लागि एन्फाको ८२ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवत्ता राईले जानकारी दिए ।
साधारण सभाले, अध्यक्षको बार्षिक प्रतिवेदन, आमदानी र खर्च विवरण लगाएका विषयलाई पारित गरेको हो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले बताए ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…