
सुदूरपश्चिमको सान्तोवना जित
काठमाडौं प्रदेश–२ माथि ३ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको त्रिवि मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूर पश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेटाउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । यस अघि सम्पन्न तीन खेल मध्ये तीन खेलमा नतिजा सुम्पिएको थियो एक खेल अगावै बाहिरिएको सुदूर पश्चिमसँगै पराजित प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेल खेलेको प्रदेश २ ले तीन खेल खेल्दा तालिकामा अंक जोड्न सकेको छैन । यद्यपी प्रदेश २ एक खेल पुलिससँग बाँकी रहेको छ ।
४ विकेट गुमाउँदा ४ रन आवश्यक रहेको अवस्थामा सुदूरपश्चिमले तीन विकेट गुमाउँदा मुस्किल जित निकालेको हो । सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान खडक बोहोराले ४३ रन, गजेन्द्र बोहोराले ३९, अरुण ऐरीले १९ रन र अर्जुन साउद ७ रनमा पवेलियन फर्किए । प्रदेश–२ का कुमार थापाले ३ विकेट लिए । यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि शाहको नाममा १/१ विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभर सबै विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । हरिशंकर शाहले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा विवेक यादवले ४१, महबुब आलमले २३, राहुल प्रताप सिंह १२ रनमा पवेलियन फर्किदा कुमार थापा ११ रनमा नटआउट रहे । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३/३ विकेट लिए । अरुण ऐरीको नाममा २ विकेट रह्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…