
नवगठित गण्डकी प्रदेश रग्बी संघका पदाधिकारीहरु ।
पोखरा-गण्डकी प्रदेश रग्बी संघ गठन गरिएको छ । मंगलबार पोखरा रंगशालामा रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेको उपस्थितिमा कुमार थिङ(कास्की)को अध्यक्षमा प्रदेश रग्बी संघ गठन गरिएको हो । उपाध्यक्षमा सुवास खड्का (कास्की), सचिव खगेन्द्र क्षत्री(पर्वत), कोषाध्यक्षमा ईश्वर बस्याल(तनहुँ) रहेका छन् ।
यसैगरी सदस्यहरुमा जीवनबहादुर कार्की(म्याग्दी), राजेश जिसी (नवलपुर) राजकुमार बसेल (बाग्लुङ),शिव शर्मा(स्याङजा), विनोद श्रेष्ठ(तनहँु), सुदिप नगरकोटी(गोरखा) र सवित्री पूर्जा(म्याग्दी) छन् । पदेन सदस्यमा केशव पौडेल, प्रविन लामा(मनाङ), प्रेम तामाङ(लमजुङ),राम गुरुङ(गोरखा), जीवन पुन मगर(पर्वत), कमल हमाल ठकुरी(तनहुँ),सागर थापा(स्याङजा) शंकर पौडेल(म्याग्दी) र पेमा टासी(मुस्ताङ) रहेका छन् ।
संघ गठनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका नायब सुब्बा डिबी नेपाली, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…