दीपेश र जेशिकाले जिते प्रधानमन्त्री कप ब्याडमिन्टन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७७ मा प्रकाशित


उपाधिसहित दिपेश र जेशिका ।

चितवन-एपिएफका दीपेश धामी चितवनमा सम्पन्न योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् । निकैनै प्रतिस्पर्धी खेलमा धामीले प्रिन्स दाहाललाई २१-१९, २२-२० को स्थितिमा पराजित गर्दै उपाधि आफनो लेखाएका हुन् । धामीले सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा भएको हारमा मल्हम लगाएका छन् । उक्त प्रतियोगितामा धामी प्रिन्स संग फाईनलमा पराजित भएका थिए ।

त्यस्तै चतवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला तर्फको उपाधी एपिएफकी जेशिका गुरुङ्गले उचाल्न सफल भईन् । चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जेशिकाले जितलाई निरन्तरता दिईन् । सिरहाको गोलबजारमा सम्पन्न १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै उपाधी जितेकी उनले यस प्रतियोगितामा पनि रशिला माथि जित निकालिन् । जेशिकाले जित निकाल्ने क्रममा २१-१८, १७-२१, २१-१७ ले रशिलालाई पन्छाएकी थिईन् ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे । यसैगरि बिजयी सवैले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगल तर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी बिजयी भयो । फाईनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१-११, २१-१५ ले पराजित गर्दै आफ्नो साख जोगाए । करिव ४० लाख लागत रहेको प्रतियोगितामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८/८ हजार प्राप्त गरे ।