मन्जुलाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७७ मा प्रकाशित


मञ्जु गुरुङलाई पोखरामा सम्मान

पोखरा-नेपाली राष्ट्रिय महिला भलिबल टोलीका पूवए उपकप्तान मञ्जु गुरुङलाई पोखरामा सम्मान गरिएको छ । भलिबलबाट भण्डै डेढवर्ष अघिदेखि टाढिएकी गुरुङलाई टाईगर ग्रुपले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको समापन समारोहमा सम्मानित गरिएको हो ।

मन्जुसहित पूर्व राष्ट्रि खेलाडी लेखनाथ लम्साललाई पनि एकैसाथ सम्मान गरिएको थियो । टइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको समापन समारोहमा दुबै खेलाडीलाई प्रसंशा पत्रबाट सम्मान गरेको हो । नेपालमा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा महिला भलिबलमा उनी समावेश थिईनन् ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल सम्मान गरेका थिउ । नेपाली भलिबल खेलको विकास तथा खेलकूदबाटै अन्तराष्ट्रिय पहिचान दिलाउन सफल दुवै खेलाडीको योगदानको कदर गर्दै सम्मान गरिएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए ।