
देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता बारे जानकारी दिदैं ।
काठमाडौं- चैतको पहिलो साता देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिलिे मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखी ७ गते सम्म सञ्चालन गर्ने जनाएको हो ।
अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोगका साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल ९४० वर्षमाथि० र मेन्स भेट्रान्स एकल ९५५ वर्षमाथि०को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन । प्रतियोगिताको मेन्स र वुमेन्स एकल स्पर्धाको प्रथम, द्वितीय र तृतीय ९दुवै सेमी–फाइनलिष्ट० हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन ।
यस्तै भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय दुवै सेमी–फाइनलिष्टहरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ । भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनमानित लागत १९ लाख ५० हजार रहेको छ ।
मंगलबार नै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…