
मुख्यमन्त्री कप भलिबलको उदघाटन समारोहमा उपस्थिति अतिथिहरु ।
पोखरा-कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुष तर्फ कास्की स्याङजासँग सोझो सेटमा पराजित हुन पुग्यो । भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकाल्यो ।
पुरुष तर्फ नै तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो । पोखरामा कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगित शुरु भएको प्रतियोगितामा महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो । तनहुँले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा पराजित गर्दै लिगचरणको खेलबाट अगाडि बढेको छ ।
लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर छन् । गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने उद्देश्य रहेको भलिबल संघका अध्यक्ष भीम पराजुलीले जनाए ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २/२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १/१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…