
भोजपुरका बिशाल तामाङ्ग
भोजपुर- भोजपुरका बिशाल तामाङ्ग भोजपुरमा आयोजित प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरे । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ्ग पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे ।
यसै गरि प्रिक्वाटरमा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङ्गका जोन जसराजलाई २१-१४, २१-१५ले पन्छाए । यस्तै पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङ्गबाट, बेलटार चौदन्डिगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङ्गबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै प्रिक्वाटरमा प्रवेश गरे ।
पुरुष युगल तर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङ्गका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ्ग तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रिक्वाटरमा स्थान सुरक्षित गरे ।
ब्वाईज यु १७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ्ग, ओखलढुङ्गाका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ्ग, बेलटारका बिनय चौधरी, खोटाङ्गका बिकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…