
संकटा विरुद्ध मच्छिन्द्र ।
हेटौंडा-राजेश परियारको निर्णायक गोल गरेपछि ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । राजेश परियारको गोल नै निर्णायक बनेपछि संकटा संकटमा परेको हो ।
२४ औं मिनेटमा परियारको उत्कृष्ट गोलसँगै मच्छिन्द्र क्लब विजयी भएको हो । खेलमा जित हात पारेको मच्छिन्द्र प्रतियोगिताको सेमीफाइनल प्रवेश गरकोे छ । मच्छिन्द्रका परियार नै प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए ।
गोल गरेलगत्तै नेपाली फुटबल टोली तथा मच्छिन्द्रका खेलाडी बिमल घर्तीमगरप्रति उक्त गोल समर्पित गर्दै परियारले शीघ्र स्वास्थ्यलाभको कामनासहित टीसर्ट प्रदर्शन गरी गोल सेलिब्रेसन गरेका थिए ।
चैत ४ गते हुने सेमीफाइनलमा आयोजक टोली साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग मच्छिन्द्रले प्रतिस्पर्धा गर्नेछ । संकटाले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा क्वार्टरफाइनल प्रवेश गरेको थियो । संकटाको जितमा निर्णायक गोल विदेशी खेलाडी एकियोले गरेका थिए । उनले ३१ औं मिनेटमा गोल गरे ।
प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युथ क्लब क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । बागमतीले एपीएफलाई २–१ गोलअन्तरले हराएको थियो । ८३ औं मिनेटमा बागमतीका खेलाडीले डीबक्स क्षेत्रमा ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रवि थिङले गोल गरेका थिए । जारी तेस्रो संस्करणको प्रतियोगितामा पहिलोपटक सहभागी बागमतीले एपीएफमाथि अप्रत्याशित नतिजा निकालेको थियो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिता विजेता टोलीले ट्रफीसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक हात पार्नेछन् । विधागत् उत्कृष्ट खेलाडी ट्रफीसहित नगद २५ हजार प्राप्त गर्नेछन् । मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा फागुन २७ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल चैत ७ गते हुने आयोजकले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…