
उपाधिसहित त्रिभुवन आर्मीक्लब ।
हेटौंडा-त्रिभुवन आर्मी क्लबले शनिबार मोसफलको आफनो नाममा लेखाउने क्रममा शहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
शनिबारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुरलाई १–० गोलअन्तरले कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो ।
प्रतिष्पर्धात्मक फाइनलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि जिताउन उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका बुढाथोकी म्यान अफ दी म्याच घोषित भएर नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता उपाधि विजेताले आर्मीले १० लाख रुपियाँ र उपविजेता मकवानपुरले ५ लाख रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको आकर्षणका रुपमा रहेको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएर रिगल हेटौंडा रिसोर्टका खेलाडी अमिर श्रेष्ठले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाएका छन् ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गरेको हो ।फुटबलर श्रेष्ठ लगातार दुई दिन दुई फरक क्लबबाट फरक स्थानमा फुटबल खेलेका थिए । उनी दुवै स्थानमा म्यान अफ दी म्यचसमेत घोषित भएका थिए । नेपालगञ्जमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग र हेटौंडामा तेस्रो शहीद स्मृति राष्ट्रिय गोल्डकपमा उनी म्यान अफ दी म्याच चुनिएका थिए । उनी दुवैतिर छाएका थिए ।
२०६० सालअघि हेटौंडाको इन्टरनेट एफ्सीबाट उनले फुटबलमा डेब्यु गरेका हुन् । त्यसपछि २०६० सालमा उनी एन्फाको अण्डर–१४ मा छनौट भए । ३ वर्ष एन्फाको अण्डर–१४ मा रह“दा उनले उत्कृष्ट मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन तथा अन्य खेलाडी रविन श्रेष्ठ, भरत खवास, शिव श्रेष्ठ, विक्रम लामा उनकै ब्याजका हुन् । अण्डर–१४ मा रह“दा उनीहरु एकसाथ खेल्थे ।
खेलाडी भएर परिवारको त के आफ्नै ज्यानसमेत पाल्न धौधौ भएपछि उनी ५ लाख ऋण काढेर कतार पुगे र कतारमा स्काभेटर अपरेटर रहे । उपाधि जिते सरकारले प्रोत्साहनस्वरुप केही महिनामात्र पुग्ने रकम उपहार दिने, पराजित भए निरुत्साहित पार्ने काम गर्ने, खेलाडीलाई पुग्ने मासिक भत्ता नदिनेजस्ता समस्याले आफू खाडी मुलुक कतार गएको उनले सुनाएका थिए ।
प्रतियोगिताका उत्कृष्ट फरवार्ड मकवानपुरका रञ्जन बिष्ट, वेस्ट डिफेन्डरमा आर्मीका दीपक गुरुङ, वेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ आङ्दम्बे, गोलरक्षकमा उपविजेता टोलीका विवश चौधरी र आमीका नवीन न्यौपाने वेष्टकोचमा भए । विधागत् उत्कृष्ट हुनेलाई जनही २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
गोल्डकप विजेता र उपविजेतालाई अखिल नेपाल फुटबल संघ अध्यक्ष कर्माछिरिङ शेर्पा, बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया“, हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतलगायतले पुरस्कार प्रदान गरेका थिए ।
हेटौंडामा आर्मीको यो दोस्रो जित हो । नेपाल पुलिसलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै २०७४ फागुनमा तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि त्रिभुवन आर्मी क्लबले जितेको थियो । उक्त उपाधि विजेता त्रिभुवन आर्मीले ५ लाख प्राप्त गर्दा यस पटकको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिसहित आर्मीले नगद १० लाख हात पारेको छ ।
आर्मीले धनगढीमा सोही वर्ष भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को उपाधिमाथि पनि कब्जा जमाएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गरेर उपाधिस“गै ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।
२०७४ फागुन अन्तिम साता झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि पनि आर्मीले नै हात पारेको थियो । घरेलु मैदानमा झापालार्ई सडनडेथमा आर्मीले ८–७ गोलअन्तरले पराजित गरेको थियो ।
हेटौंडामा तेस्रो संस्करणको प्रतियोगिताको सेमिफाइनलमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको थियो । ‘ए’ डिभिजनको मच्छिन्द्रस“गको जितले उत्साहित भएर यस संस्करणको अन्तिम स्पर्धामा उत्रिएको मकवानपुरले दर्शकको भरपुर साथ पाएर पनि जित निकाल्न भने सकेन ।
जिल्लाका दश स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा फागुन २७ गतेदेखि प्रतियोगिता सञ्चालनमा आएको थियो । जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…