
उदघाटन समरोहमा बल हस्तान्तरण गरिदैं ।
पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता बुधबारदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही मावि मालेपाटन क्वाटरफाइनलमा पुग्न सफल भए ।
प्रतियोगिता अन्तर्गत पहिलो चरणमा छात्रतर्फको पोल ‘ए’ तर्फ मेश्रम वराह मावि घान्द्रुकले ईन्द्र राज्यलक्ष्मी माविलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै बिजयी भयो । अर्को खेलमा गोगन मावि अनुपस्थित भएपछि भद्रकाली मावि वाकओभर पाएर दोश्रो चरणमा प्रवेश ग¥यो । अर्को खेलमा शान्ता माविले कालिका माविलाई २५–१२ र २५–१५ को सोझो सेटमै पराजित ग¥यो । सोहि पोलको महेन्द्र माविले गौरीशंकर माविलाई २५–१७, १९–२५ र २५–२१ को सेटमा पराजित
छात्रतर्फको पोल ‘बि’ तर्फ छोरेपाटन माविले नवीन माविलाई २५–१४ र २५–१२१ को सोझो सेटमा हराउँदा अमरसिंह माविले कालिका मावि काहुँलाई २५–१२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै, बुधबार नै भएको अर्को खेलमा जनप्रिय माविले सिद्ध वराह माविलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा निश्पक्ष मावि अनुपस्थित हुँदा शान्ता मावि वाकओभर पाएर अर्को चरण प्रवेश ग¥यो ।
बुधबार नै भएको प्रि–क्वाटरफाइनल खेलमा कालिका माविले छोरेपाटन माविलाई २५–२० र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । पहिलो चरणको खेलमा नवीन माविलाई पराजित गरेर आएको छोरेपाटन मावि बाई पाएर प्रि–क्वाटरफाइनलमा आएको कालिका माविसँग स्तब्ध भएको हो । अर्को प्रि–क्वाटरफाइनलको खेलमा महेन्द्र माविले वराह मावि भेंडाबारीलाई २५–२३ र २५–२२ को सोझो सेटमा पन्छायो । वाकओभर पाएर प्रि–क्वाटरफाइनल आएको महेन्द्र माविले बाई पाएर आएको वराह माविबिरुद्ध जित निकालेको हो । यसैगरी अर्को खेलमा वाराही मावि मालेपाटनले शान्ता माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा हरायो । कालिका माविलाई हराएर प्रि–क्वाटरफाइनलमा आएको शान्ता मावि बाई पाएर आएको वाराही माविसँग स्तब्ध भएको हो । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा मेश्रम वराह मावि घान्द्रुकले राष्ट्रिय मावि टुँडिखेललाई २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय ग¥यो ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन विहीबार छात्रतर्फको क्वाटरफाइनल खेल तथा छात्रातर्फको पहिलो चरणका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार विहीबार छात्रतर्फ मेश्रम वराह मावि र भद्रकाली मावि, शान्ता मावि र महेन्द्र मावि, कालिका मावि र अमरसिंह मावि तथा जनप्रिय मावि र वाराही मावि मालेपाटनबीच सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।
विहीबार छात्रातर्फ पहिलो चरणमा वराह मावि भेंडाबारीले सिद्ध वराह माविसँग, ईन्द्र राज्यलक्ष्मी माविले अमरसिंह माविसँग, भद्रकाली माविले कालिका माविसँग र राष्ट्रिय माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछ । विहीबार नै छात्रातर्फको क्वाटरफाइनल खेल अन्तर्गत वराह मावि भेंडाबारी र सिद्ध वराह मावि बीचको बिजेताले जनप्रिय मावि सिमलचौरसँग प्रतिष्पर्धा गर्नेछ भने भद्रकाली मावि र कालिका मावि बिचको बिजेताले छोरोपटन माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, राष्ट्रिय मावि र शान्ता मावि बिचको बिजेताले तालवराही माविसँग सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ७०÷७० हजार, उपबिजेतालाई ३५÷३५ हजार र तृतीय हुने विद्यालयलाई २०÷२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…