थ्रीस्टार सेमिफाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित


एपीएफ र थ्रीस्टार बीचको खेल ।

हेटौंडा-मकवानपुरको बागमतीमा जारी बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा थ्रीस्टार एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । थ्रीस्टारका ऋतिक खड्काले दिएको पासमा दीपेश घलेले ४० औं मिनेटमा गोल गरेका थिए । एपीएफका तर्फबाट क्याप्टेन रुपेश केसीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोेङले बचाएका थिए । एपीएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन ।

४२ औं मिनेटमा पुनः दीपेशले गोल गर्दै २–० मा सीमित राखे । दीपेशको गोल नै खेलको अन्तिम बन्न पुग्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका घले म्यान अफ दी म्याच घोषित भएर ५ हजार रुपिया“ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार जावलाखेल युथ क्लब ललितपुर र अफ्रिकन रुट््स् एसोसिएसन क्यामरुनबीच पहिलो सेमिफाइनल हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, विधागत् उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
दोस्रो बागमती गोल्डकपको उपाधि सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्डकपको उपाधि हरिहरपुर गाउपालिका, सिन्धुलीले जितेका थिए ।