
थ्रीस्टार फाइनलमा
हेटौंडा-थ्रीस्टार क्लब मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपकोे फाइनल प्रवेश गरेको छ । जनता माविको खेलमैदान भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।
थ्रीस्टारले पेनाल्टी सुटआउट ५–३ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारका अशोक खवास, जीवन गुरुङ, रुपेश केसी, मिक्छेन तामाङ र अनन्त तामाङले गोल गरेका थिए । सर्लाहीका अभिषेक लिम्बु, बिमल घिसिङ र निरज थापाले गोल गरे । उपाधिका लागि थ्रीस्टार क्लबले अफ्रिकन रुट््स् एसोसिएसन, क्यामरुनस“ग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि ४ मिनेट समय थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा बागमती युथ, सर्लाहीका विजय घलानको प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका जीवन गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार रुपियाँ प्राप्त गरे ।
पहिलो सेमिफाइनलमा अफ्रिकन रुट्स् एसोसिएसन, क्यामरुनले जावलाखेल युथ क्लब ललितपुरलाई पेनाल्टी सुटआउटमा नै पराजित गर्दै फाइनल पुगेको थियो । क्यामरुनले पेनाल्टी सुटआउट ५–३ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा जावलाखेलका विशाल तामाङले गरेको प्रहार क्यामरुनका गोलरक्षक गस्यीभियोले नियन्त्रणमा लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, विधागत् उत्कृष्ट खेलाडीलाई प्रतिखेलाडी १० हजार प्रदान गरिने छ । तेस्रो बागमती गोल्डकपको उपाधि सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्डकपको उपाधि हरिहरपुर गाउँपालिका, सिन्धुलीले जितेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…