
champion
हेटौंडा-थ्रीस्टार क्लब ललितपुर मकवानपुरको बागमतीमा सम्पन्न चौथो बागमती गोल्डकपकोे विजेता बनेको छ ।
जनता माविको खेलमैदान भएको फाइनलमा पाहुना टोली अफ्रिकन रुट्स् एसोसिएसन (एआरए) क्यामरुनलाई ३–२ गोलअन्तरले पछि पार्दै थ्रीस्टार चौथो बागमती गोल्डकपकोे विजेता बन्न सफल भएको हो ।
पहिलो हाफमा अफ्रिकन रुट्स् एसोसिएसनले २–० को अग्रता कायम गरे पनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । खेलको दोस्रो हाफमा थ्रीस्टारका मनिष डाँगी, निशान खड्काले एक÷एक गोल गरेका थिए भने रुपेश केसीले पेनाल्टीमा एक गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच थ्रीस्टारका निशान खड्का घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका रुपेश केसी घोषित हुँदै ५१ हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीविरुद्ध पेनाल्टी सुटआउटमा ५–३ को जित निकाल्दै थ्रीस्टार उपाधिनजिक पुगेको थियो । पहिलो सेमिफाइनलमा अफ्रिकन रुट्स् एसोसिएसन, क्यामरुनले जावलाखेल युथ क्लब ललितपुरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो । क्यामरुनले पेनाल्टी सुटआउट ५–३ कै जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
अफ्रिकन रुट्स् एसोएिसन क्यामरुन ‘आहा’ रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेर हेटौंडा आएको थियो छ । क्यामरुन शहीद स्मारक ‘ए’ डिभिजन लिगविजेता मच्छिन्द्र क्लबलाई २–१ गोलले हराउदै पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि टोलीले शनिबार चितवनमा सम्पन्न सेन्ट्रल कलेज विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको थियो । मकवानपुरमा उक्त टोली उपविजेतामै सीमित भएको छ ।
प्रतियोगिता विजेता थ्रीस्टारले ८ लाख रुपिया“सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अफ्रिकन रुट्स् एसोसिएसन, क्यामरुनले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
अफ्रिकन रुट्स् एसोसिएसनका गोलकिपर डीए सिल्भा प्रतियोगिताका उत्कृष्ट किपर, अफ्रिकन रुट्स् एसोसिएसनकै आखामी उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट वेस्ट फरवार्ड माउसा बन्न सफल भए भने सर्वोकृष्ट डिफेण्डर थ्रीस्टारका जीवन गुरुङ र थ्रीस्टारकै उर्जन थापा उत्कृष्ट कोच बन्न सफल भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, विधागत् उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दी म्याचले प्रतिखेलाडी ५ हजार प्रदान प्राप्त गरेका छन् । चैत १३ गते सुरु भएको बागमती गोल्डकपमा १० टिमले सहभागिता जनाएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…