
अर्धशतक पुरा गरेपछि कुशल भुर्तेल । साथमा दिपेन्द्रसिंह ऐरी ।
पोखरा-ओपनर कुशल भुर्तेलले तीन देश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । मंगलबार नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै उत्कृष्ट ओपनर व्याट्सम्यानको पुष्टि गरेका छन् । भुर्तेलले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटको लाग ७८ रनको साझेदारी निभाउँदै महत्वपूर्ण इनिङ्ग खेले ।
भुर्तेलले आफना ओपनर जोडी आशिफ शेखसँग भने मंगलबार शतकीय साझेदारी गर्नुबाट चुके । शेख शून्य रनमै पभेलियन फर्किएपछि भुर्तेलले तेस्रो विकेटको रुपमा क्रिज छिरेका ऐरीसँग साझेदारी निभाए । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भएपछि भुर्तेल र ऐरीले नेपालको इनिङ्ग सम्हालेका थिए । भुर्तेलले ६२ रनको पारी खेल्ने क्रममा ४६ बलको सामना गरे । ८ चौका र १ छक्का हिकाए । भिभिन किङ्गमाले बस डि लिडेको हातबाट क्याच गराएपछि भुर्तेलले क्रिज छाडे । ऐरीसँग साझेदारी टुट्नु अघि दुवैले शतकीय पारी खेल्ने सम्भावना देखाएका थिए । ऐरीले ६० रन बनाए । ३० बल खेल्ने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे । उनी पनि पिटर सिलरको बलमा टोवियास भिसेको हातबाट क्याच हुन पुगे ।
कुशल मल्ल १८ रनमा आउट भए । विनोद भण्डारी र सोमपाल कामीको जोडी नटआउट रहँदै क्रमश ७ र र २१ रन बनाए । नेदरल्याण्डका पिटर भिभियनले समान दुई/दुई विकेट लिए । नेपालले टस जितेर व्याटिङ गर्ने क्रममा विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…