
काठमाडौं, वैशाख १८ । नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले दुई पटकको लिएको अग्रतालाई जोगाउन नसक्दा विराटनर सिटी फुटबल क्लबसँग अंक बाँडेको छ ।

इन्जुरी समयमा विराटनगर सिटीलाई बुटवलले रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता विराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्न केही चुकेको विराटनगरले इन्जुरी समयमा भने फ्रिकिकमार्फत गोल गरेर बराबरीको अवस्थामा आएको थियो ।
उक्त गोल फर्काउँदै विराटनगरले अंक खोस्न सफल भयो । इन्जुुरी समयमा विराटनगरका लागि सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा टोलीलाई हारबाट जोगाउन सफल भएका थिए ।
खेलमा बुटवलका सुमन लामा उदयीयमान खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्दा प्लेयर अफ दि म्याच विराटनगर सिटीका पेड्रो मान्जी चुनिएर नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…