
पोखरा-पूर्व बरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक बिद्या सागर पोखरेलको शुक्रबार विहान काठमाण्डौमा निधन भएको छ । पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए । विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारीक श्रोतबाट जानकारी भएको छ ।
फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए । उनी उमेर हदका कारण परिषदबाट सेवा निबृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए ।
उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए । पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ बर्ष देखि कुस्ती संघको महासचिवका हैसियतले कार्य गर्दै आईरहेका थिए ।
२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…