खेलाडीलाई कोरोना विरुद्ध खोपको पहल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २८ गते २०७८ मा प्रकाशित


(प्रदेश खेलकुद परिषद लोगो)

पोखरा-यतिबेला कोरोनाको दोस्रो लहरले गाँजेको छ । दोस्रो लहरमा एक दर्जन खेलाडी प्रति प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । पोखराकै दुईजना पूर्व खेलाडी एवं प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । सहारा क्लब हङकङका उपाध्यक्ष एवं फुटबल प्रशिक्षक विल तामाङ तथा पूर्व राष्ट्रिय हक्की खेलाडी रमेश कर्माचार्यको कोरोनाकै कारण निधन भएको छ ।

अन्य प्रदेशमा पनि कोरोनाबाट खेलाडी तथा प्रशिक्षकको निधनले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । कोरोनाबाट बच्ने र बचाउने माध्यम नै खोप भएको चिकित्सकले उल्लेख गर्दै आएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि एंवं १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कोरोनाको खोप लगाउने तर्फ सरकार गम्भीर हुनुपर्नेमा प्रदेश खेलकुद परिषदले जोड दिएका छन् ।

परिषदको बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधीलाई चलायमान बनाउन पनि खोप अनिवार्य रहेको दावी गरेको छ । गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी र १३ औं सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई कोभिड विरुद्धको खोपका लागि यूवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गरिने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जनाए ।

खेल क्षेत्रका खेलाडी र प्रशिक्षकलाई ट्याक एण्ड फिल्डमा उतार्न खोपको खाँचो रहेको उल्लेख गर्दै उनले खोपको लागि प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे । बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षकहरु उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।