
काठमाडौं- फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ ।
पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४‑४ हजार सहित पौष्टिक आहारको प्याकेज सहित स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग वितरण कार्यक्रममा वागमती प्रदेश अध्यक्ष दिपक गुरुङ्ग, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ्ग, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले यस अघि पनि आफ्नो सम्पर्कमा आएका कोभिड संक्रमण भएका, अप्ठ्यारो परेका र असहायहरुलाई घरमानै गएर डाक्टरको सुविधा उपलब्ध गराउने, औषधोउपचार गराउने, स्वास्थ्य सामाग्री र सरसल्लाह प्रदान गर्ने, खाद्य सामाग्री प्रदान गर्ने कार्य गर्दै आईरहेको छ ।
लोकतान्त्रीक खेलकुद संघले काठमाडौं खेलकुद समाजको संयोजन तथा समन्वयमा सहयोग वितरण सञ्चालन गर्दै आईरहेको छ । सहयोग वितरणका क्रममा लोकतान्त्रीक खेलकुद संघ वागतमी प्रदेश अध्यक्षले खेलकुद बृत्तमा पिडादायी अवस्था र सहयोग प्रदान गर्नुपर्ने अवस्था भएकाहरुलाई निरन्तर सहयोग गर्ने बताएका थिए । लोकतान्त्रीक खेलकुदले गरेको यो सहयोग यस्तो असहज अवस्थामा खेलाडीहरुको लागि निकैनै ठुलो सहयोग रहेको पारा खेलाडीहरुले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…