
नेपाल क्रिकेट संघ
काठमाडौं-विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एक दिवसीय शृखंलाका लागि नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्पती जारी गरेर २० खेलाडीलाई टिममा बोलाउँदा शरद भेषवाकर र पृथु बास्कोटले टोलीमा स्थान बनाएका छन् ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा यस अघि सम्पन्न नेदरल्यान्ड्स, मलेशिया र नेपाल सम्मिलित ट्वान्टी–२० शृखलामा शरद र पृथु टोली भन्दा बाहिर रहेका थिए । उक्त शृखंलामा नेपालले बाजी मारेको थियो ।
नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ । स्कटल्याण्डमा हुनु पर्ने तालिका कोरोनाका कारण स्पेनमा लगिएको हो । शृखंलाको तयारीका लागि मुख्य प्रशिक्षक डेभ ह्वाटमोर एक साता अघि आईसकेका छन् । तीन दिने क्वारिन्टन सकिसकेका ह्वाटमोरले सोमबारबाट टोलीलाई अभ्यास गराउन क्यानले जारी गरेको विज्ञप्पतीमा जनाएको छ ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको शृखंला भने स्थगित भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…