
मुस्ताङको लोमान्थाङ गाँउपालिकामा निर्माणाधिन खेलग्राममा बन्दै गरेको बास्केटबल कोर्ट ।
पोखरा-एक वर्ष अघि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको थियो । लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । फुटबल मैदान सम्याएर छोडिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको हो । नयाँ आर्थिक वर्षसँगै काम अघि बढ्ने विश्वास गरिएको छ ।
किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्व तर्फ १ सय २० मिटर लम्बाईको पर्खाल लगाईको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ । प्रतिवेदन अनुसार मैदानको चारैतिर बालुवा, ढुंगा, ग्राभेल छ । ‘एक करोड रुपैयाँले पर्खाल निर्माण र जमिन सम्याउने काममा खर्च गरिएको छ ।’ गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । उनका अनुसार फुटबल मैदान भन्दा तल बास्केटबल कोर्ट, भलिबल कोर्ट तयार गरिदैं छ । ‘भलिबल र बास्केटबल कोर्टको ढलानको काम भईरहेको छ ।’ विष्टको भनाई थियो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ छुट्टिएको थियो । संघीय सरकारबाट २५ लाख रुपैयाँ विनियोजन भएको प्रदेश सदस्य विष्टले सुनाए । ‘प्रदेशको २० लाख र संघीय सरकारको २५ लाख रुपैयाँबाट काम अघि बढाइएको छ ।’ उनको भनाई थियो । प्रदेश र संघको बजेटबाट बास्केटबल र भलिबल कोर्ट ढलान कार्य गरिएको उनले बताए । बजेटबाटै केही ठाँउमा रिटनेङि पर्खाल उठाइएको छ ।
डिपिआर अनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ । दुईहजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।
खेलग्राम निर्माणपछि ‘हाईअल्टिच्युड टे«निङ सेन्टर’ हुने विश्वास मुस्ताङबासीले गरेका छन् । मुस्ताङकै जोमसोममा भने ८ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य शुरु गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…