
पोखरा-दशखेलाडीमा समेटिएको अर्जेन्टिनालाई ओलम्पिक २०२० अन्तर्गत यु २३ फुटबलमा अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ ।
पहिलो हाफको इन्जुरी समयमा दश खेलाडीमा समेटिएको अर्जेन्टिनालाई पहिलो हाफ अघि र दोस्रो हाफमा एक एक गोल गर्दै अष्टर्ेलियाले जित दर्ता गरेको हो । पहिलो हाफको इन्जुरी समयमा फ्रान्स्सिको ओर्टेगाले रातो कार्ड खाँदै मैदान छाडेपछि खर्जेन्टिना दश खेलाडीमा समेटिएको थियो ।
अष्ट्रेलियाले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा लाचलान वालेसले पहिलो गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । मिचेल डुकेको पासलाई सदुपयोग गर्दै वालेसले टोकियो ओलम्पिकमा अर्जेन्टिना विरुद्ध अग्रता दिलाएका हुन् ।
मिचेल डुकेकै पासमा अष्ट्रेलियाले दोस्रो गोल थप्दै जित पक्का बनायो । खेलको ८० औं मिनेटमा डुकेको पासमा मार्को तिलियोले गोल गरेका थिए ।
यसैगरी अर्को खेलमा ब्राजिलले रिर्चालिसनको ह्याट्रिकमा जर्मनीलाई ४-२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । ब्राजिलले फराकिलो अन्तरको जित निकाल्ने क्रममा जर्मनीले पनि दश खेलाडीमा खेल टुंग्याएको थियो । रिर्चालिसनले ७, २२ र ३० मिनेटमा गोल गर्दै पहिलो हाफ अघि नै ह्याट्रिक पुरा गरेका थिए ।
अर्को गोल पाउलिन्होले इन्जुरी समयमा गोल थप्दै फराकिलो जित पक्का बनाएका थिए । जर्मनीका लागि नादिएम अमिरीले ५७ औं र रेग्नर आचेले ८४ औं मिनेटमा गोल फर्काएका थिए । ६३ औं मिनेटमा भने म्याम्सिमिलियन आर्नोल्डले रातो खाएपछि जर्मन दश खेलाडीमा सीमित भएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…