
पोखरा-नेपाल क्रिकेट संघ(क्यान)ले आईसिसी सिडब्लुसी लिग–२ अन्तर्गत ओमानमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि १९ सदस्यीय टोलीलाई क्याम्पमा बोलाएको छ । पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिएपछि उनी क्लोज क्याम्पमा सहभागिता भने हुने छैनन् ।
लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका बीचको त्रिदेशीय प्रतिस्पर्धा हुने छ । कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहोरा, करण केसी, शरद भेषवाकर, विनोद भण्डारी, साहब आलम, बिक्रम शोब,कुशल भुर्तेल,आरिफ शेख, कमलसिंह ऐरी, गुलशन झा, सुशान भारी र पवन सर्राफलाई क्याम्पमा बोलाईएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् । खेलाडीहरुको कोभिड–१९ को परीक्षण समेत गरिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…