
काठमाडौं-जापानमा हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा।लि। ले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ ।
नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो ।
पारालिम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामाग्री हस्तान्तरण गरे ।
अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पारालिम्पिकमा सरोज श्रेष्ठ सेफ दि मिसन, डा। दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् । टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रबन्ध निर्देशक न्यौपानेले केल्मीले विभिन्न खेलमा प्रायोजन गर्दै आएको जानकारी गराउदै पारालिम्पिकमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…