
पोखरा-पोखरामा आयोजना हुने नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले प्रायोजन गरेको छ ।अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो ।
पोखरामा आयोजित एक कार्यक्रमका बिच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ै निर्देशक थापाले आफ्नो गु्रपको मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसी समझदारी गरेको बताउदै एक वर्ष अफिसियल्ली साथ दिने बताए । थापाका अनुसार गु्रपले क्यासललाई आगामी भदौको २६ गतेसम्म साथ दिनेछ ।
त्यसैगरी क्यासलका सञ्चालक गुरुङले हस्ताक्षर पश्चात बोल्दै अंशुभराको साथ प्रति आभार प्रकट गरे । उनले आफ्नो टोलीले विगत २ महिनादेखि प्रशिक्षण गर्दै आएको बताउदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे ।यसैगरी हस्ताक्षर कार्यक्रममा बोल्दै युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिङ्गो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनैतिक हस्तक्षेप हुन नहुने समेत धारणा राखेका थिए ।
खेलाडीको अन्तिम छनौट सोमबार
विगत २ महिना देखि बन्द प्रशिक्षणमा २४ जना खेलाडी छन् । सोमबार कुल १७ जनाको अन्तिम नाम सार्वजनिक गर्ने टिम व्यवस्थापक ओम गुरुङले बताए । उनका अनुसार क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङ लगायतले प्रशिक्षण गरिरहेका छन् । उनीहरुलाई विष्णु गुरुङ र अर्विन गुरुङले प्रशिक्षण दिईरहेको व्यवस्थापक गुरुङले बताए ।
आगामी अजोज २ गते देखि २२ गते सम्म पोखरा रङ्गशालाको कभर्ड हलमा आयोजना हुने ए डिभिजन फुटसल लिगमा देशभरबाट कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ बाट फुटसल फाईभ धरान, दी राईजिङ क्लब धरान, बाग्मती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब, र स्काई गोल्स फुटसल क्लबको सहभागिता रहनेछ । यसैगरी गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल र सविन मेमोरियल, लुम्बिनी प्रदेश र सुदुरपश्चिमबाट २ टिमले प्रतिस्पर्धा गर्नेछ ।
स्पोर्टस् क्यासलले असोज २ गते साढे चार बजे पहिलो खेल प्रभातफेरी युवा क्लबसँग खेल्ने छ । उक्त लिग विजेताले नगद रु १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाखको हकदार बन्ने छ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त एन्फाले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…