
पोखरा- पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार घरेलु टोली सविन मेमोरियल फुटसल क्लब ढुकु फुटसल हबसँग पराजित भएको छ ।
आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको जितमा रुपेन बराइलीले २ तथा कप्तान अन्जन थापा, घेली शेर्पा, रेइफी महर्जन र रोजल दाहालले समान १–१ गोल गरे । झरनाका लागि मोहन बहादुर थापा मगर र अमित गुरुङले १–१ गोल गरे । जितसंगै लुम्बिनीले ३ अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच लुम्बिनीका रेइफी घोषित भए ।
शंखमुल फुटसल र फुटसल ५ धरान बिच भएको दोस्रो खेल बराबरीमा रोकियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकिए पछि १÷१ अंक बाडेका हुन् । खेलको म्यान अफ दि म्याच शंखमुलका क्रिजल खड्का घोषित भए । शंखमुलका लागि सुशान श्रेष्ठ,क्रिजल खड्का र लक्ष्मण थापाले गोल गरेभने धरानका लागि विजय श्रेष्ठ, सरोज तामाङ र प्रवेश जोशिले गोल गरे ।
अन्तिम खेलमा ढुकु फुटसलले पोखराको सविन मेमोरियललाई ८–६ गोल अन्तरले पाखा लगायो । जित संगै ढुकुले ३ अंक जोडेको छ । ढुकुको जितमा अभय राना र विक्रान्त नरसिंह राना र उर्केन शेर्पाले २–२ तथा अमित लामा र पेम्बा तामाङले १–१ गोल गरे । उर्केन खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सविन मेमोरियलका लागि अभिनाष तामाङ र मनिष क्षेत्रीले २–२ तथा सुनिल विक र सरोज तामाङले १–१ गोल गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…