
पोखरा-भेट्रान खेलाडी विजय गुरुङको ह्याट्रिक प्रेरित घरेलु टोली स्पोर्टस क्यासलले लुम्बिनी फुटसललाई फराकिलो जित निकाल्दै राष्ट्रिय ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । विजयसँगै क्यासलको जितमा सुमित श्रेष्ठको समेत ह्याट्रिक रह्यो । किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे ।
क्यासल शीर्षस्थानमा उक्लिदा अर्को घरेलुटोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ । सविनको कुल ४ खेलबाट ९ अंक रहेको छ । समान खेल खेलको क्यासलले हार व्यहोरेको छैन् । ४ खेलमध्ये ३ खेलमा जित र १ खेल बराबरी खेलको छ । क्यासलले यस अघि प्रभातफेरी युथ क्लब र ढुकु फुटसल हबलाई हराइसकेको छ भने शंखमुलसंग २–२ गोलको बराबरी खेलेको छ । दोस्रो स्थानको सविनले ३ खेलमा जित र १ खेलमा हार व्यहोरेको छ । सविनले मछिन्द्र स्काइ गोल्स,झरना स्पोट्र्स क्लब र लुम्बिनी फुटसललाई हराएको छ भने ढुकु फुटसलसंग बराबरी खेलेको छ ।
शनिवारनै भएको पहिलो खेलमा मछिन्द्र स्काइ गोल्सले फुटसल ५ धरानलाई ७–३ ले पाखा लगायो । मछिन्द्रको जितमा कप्तान निर्मल गुरुङ र मिसोन लामाले २/२ गोल गरे । श्रीकृष्ण श्रेष्ठ, अमित तामाङ र रोशन अधिकारीले १÷१ गोल गरे । धरानका लागि कप्तान सुदिप कार्कीले २ तथा रन्जित गुरुङले १ गोल गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…