
काठमाडौं-छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय क्लबले विजयी शुरुवात गरेका छन् । विभागीय क्लबसँगै गल्कोट स्पोर्टस क्लबले सुरुवात गरेका छन ।त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो ।तेस्रो खेलमा बाग्लुगको गल्कोट स्पोट्र्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकालल्दै विजयी सुरुवात गर्न सफल भयो । पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो । च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ । च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । बुढानिलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोट्र्स क्लबसँग खेल्नेछ । महिलातर्फको खेल १२ असोजदेखि शुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए मा टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लब रहेका छन । समूह बी मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।
समूह सी मा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह डी मा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोट्र्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
समूह बी मा होंगान्जी न्यु डायमन्ड स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।
च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् ।
हरेक विधा ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक० ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो । प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेका थिए ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…