
पोखरा-कास्की जिल्ला भलिबल संघले पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ । भलिबल प्रशिक्षक महतोलाई उनकै निवास चितवनमा पुगेर कास्की जिल्ला भलिबल संघको टोलीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
भलिबल संघ ५० हजार र पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ, कास्की जिल्ला भलिबल संघका सदस्य सन्जीव जिसीले ५ हजार तथा भलिबल खेलाडी दिनेश चौधरीले २ हजार गरी ६२ हजार रुपैयाँ हस्तान्तरण गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । महतोलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले लगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । परिषद सदस्य गुरुङले यस अघि नै ७७ हजार ७ सय ७७ रुयैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।
महतोले पोखरामा शिक्षण गराउँदैआएका थिए । महतोले पोखराको ज्ञानुबावा, फिस्टेल एकेडेमी र टप्स माविमा भलिबल प्रशिक्षण गराउँदै आएका थिए । पोखराबाट गृहजिल्ला चितवन फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका महतोलाई भलिबल संघ तथा खेलाडीहरुले आर्थिक सहयोग जुटाएका हुन् । महतो पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रहँदा ज्ञानुबावा आवासिय विद्यालयमा झण्डै पाँच वर्ष शिक्षण पेशा गरेका थिए ।
२०६६ सालमा महतो दुर्घटनामा परेका थिए । दुर्घटनामा पर्नु अघि ज्ञानुबावापछि फिस्टेल एकेडेमी र टप्समा प्रशिक्षण गराएका थिए । मन्जु गुरुङ, लक्ष्मी गुरुङ जस्ता खेलाडीलाई ज्ञानुबावाबाट भलिबलमा उदय गराएका थिए । फिस्टेलबाट सिपोर गुरुङलाई समेत भलिबलमा उदय गराएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष पराजुलीले सुनाए । उनकै प्रशिक्षणमा पश्चिमाञ्चलको भलिबलले महिला तर्फ एकछत्र राज गरेको थियो । पुर्व राष्ट्रिय खेलाडी महतोलाई उपचारको लागि सरकारी निकायबाट भने कुनै चासो नदिएको गुनासो भलिबलकर्मीहरुले गर्दै आएका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…