बर्षाले काठमाडौं र पोखरा बीचको खेल प्रभावित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १२ गते २०७८ मा प्रकाशित


काठमाडौंं-लगातारको झरीले मंगलबार एभरेष्ट प्रिमियर लिग(इपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतका खेल स्थगित भएका छन् । मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान भिजेको कारण खेल सञ्चालन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो ।

आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् । काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु हुने तालिका थियो ।

बर्षाको कारण सोमबार पनि दुई खेल स्थगित भएका थिए । सोमबारको खेल अर्को मितिमा आयोेजना गर्ने तालिका आयोजकले निकालेको छ । त्यस्तै आइतबार एक खेल रद्द भएको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो । पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो ।

प्रतियोगितामा बुधबार ललितपुर प्याट्रिओट्स र पोखरा राइनोज तथा दोस्रो खेल भैरहवा ग्लाडियट्र्स र विराटनगर वारियर्सबीच खेल हुने तालिका छ ।