
Pic by EPL Facebook page
पोखरा-हार तर्फ उन्मुख भएको चितवन टाईगर्सले काठमाडौं किङ्स ११ लाई ३ विकेटले पराजित गरेको छ । कमलसिंह ऐरीले नो बलको फाईउदा उठाँउदै १८ औं ओभरमा जनक प्रकाशलाई लगातार दुई छक्का प्रहार गरेपछि चिवतनले खेललाई युटर्न गराउँदै जितको नतिजा दिलाए । ८ बल बाँकी रहदाँ चितवनले जित निकाल्न सात विकेट गुमाएको थियो ।
आठौं विकेटको लागि राजेश पुलामी र ऐरीको जोडीले ४२ रनको साझेदारी निभाउँदै जितको हकदार बनाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा १९ ओभरमा जितेन्द्र्र मुखियाको खराब बलिङ रह्यो । एक पछि अर्को वाईड बल फ्याँकेपछि चितवनले ८ बल बाँकी छदै जित निकाल्न पुग्यो । पुलामीले तेस्रो बलमा ६ छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए । उनै मुखियाले तीन वाईड फाल्दै अतिरिक्त रन उपाहार दिएपछि काठमाडौंमाथि चिवतनको सानदार जित दर्ता गरेको हो ।

इशान पाण्डेलाई ४ रनमै गुमाएको चितवनलाई मोहम्मद साहजाद र करिम जनतले केही सुधारे । साहजादले १७ रन बनाउँदै क्रिजमा टिकिरहँदा जनतले पनि २१ रनको योगदान गरे । जनत सन्दीप लामिछानेको बलमा आउट हुदाँ साहजाद भने जितेन्द्र मुखियाले पभेलियनको बाटो देखाएका थिए । दिलिप नाथले पनि २३ रनको महत्वपूर्ण रन जोड्रदै केही सहज बनाए । राजेश पुलामी र कमलसिंह ऐरीले महत्वपूर्ण अविजित साझेदार गर्ने क्रममा २६ र २३ रन बनाए । सेकुजे प्रसन्न ५ रनमा आउट हुदाँ सोमपाल कामी भने शून्यमै पभेलियन फर्किएका थिए । रायन बर्ल र जितेन्द्र मुखियाले समान दुई दुई विकेट लिए ।

एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार टस हारेर व्याटिङ गरेको काठमाडौं किङ्स ११ ले १४१ रन बनाउने क्रममा ८ विकेट गुमाएको थियो । रहमुल्लाह गर्बुजलाई ५ रनमै गुमाएको काठमाडौंलाई सुवास खकुरेलले उकास्ने प्रयास गरे । यद्यपी उनलाई साथ भने तेस्रो नम्बरमा आएका व्याटरको रहेन् । तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ६ रनमा आउट भएपछि खकुरेललाई राजु रिजालले साथ दिए । खकुरेलले ३५ रनको योगदान दिदाँ रिजालले २८ रन बनाए । खकुरेलले २ चौका र २ छक्का हिर्काउँदा रिजालले पनि ३ चौका र २ छक्का स्कोरमा चढाए । सातौं नम्बरमा आएका व्याटर जनक प्रकाशले २६ रन बनाउँदै काठमाडौंको स्थितिलाई सुधार्ने प्रयास गरे । १६ बल खेल्ने क्रममा १ चौका र २ छक्का प्रहार गरेको जनक करिम जनतको बलमा आउट हुन पुगे । म्यान अफ दि म्याच सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…