
पोखरा -अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको दोश्रो साता हुने भएको छ । कात्तिक ११, १२ र १३ गते खेलाइने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको हो ।
संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागि गराइने प्रतियोगिता संयोजक तथा क्लवका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार १२ टिमको दर्ता भएपछि दर्ता प्रक्रिया रोकिनेछ ।
रकम संकलन भन्दा पनि युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई नियमित गरिएको र टिम दर्ता शुल्क जम्मा ५ सय राखिएको सिंयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्थरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…