
पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको ११, १२ र १३ गते हुने भएको छ । संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् ।
जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडियो टिम पोखरा रहेका छन् ।
युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई सञ्चालन गरिदै आएको प्रतियोगिताका संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको संयोजक गिरीले बताए ।पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…