
काठमाडौं- नेपाली फुटबल स्ट्राईकर विमल घर्तीमगरलाई मछिन्द्र क्लबले अनुबन्धन गरेको छ । सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटलब क्लबले स्ट्राइकर विमल घर्ती मगरको सम्झौतालाई नविकरण गरेको हो ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरेर मच्छिन्द्रले युवा स्ट्राइकर विमलको सम्झौता नविकरण गरेको हो । मच्छिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरे । फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिग खेलेका थिए । तर सबै खेल भने खेलेका थिएनन । गत सिजनको मोफसलको प्रतियोगिता पनि बिमलले मछिन्द्रबाट खेलेका थिए । सम्झौता नविकरणपछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए ।
नेपालका लागि २६ खेल खेलिसकेका बिमल गत वर्ष बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदान बाहिर रहेका थिए । गत पुषमा दाहिने घुँडामा चोट लागेपछि बिमल उपचारका लागि कतार गएका थिए । घुँडाको शल्यक्रिया भएपछि मैदान फर्किन लागेका विमलसँग मच्छिन्द्रले आज सम्झौता नविकरण गरेको हो । सम्झौता भएसँगै विमलले कात्तिक २९ बाट हुने सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रबाट खेल्ने छन् ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…