छैठौं चरणका खेल मच्छिन्द्र र मनाङको खेल रोमाञ्चक हुने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ८ गते २०७८ मा प्रकाशित


काठमाडौं –मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दीसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए ।

बिहीबार छैठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक कटुवालले सम्भावन जिवित राख्न स्पष्ट अंक महत्वपूर्ण हुने भन्दै सुखद नतिजाका लागि खेल्ने बताएका हुन ।

‘मनाङसँगको खेलमा स्पष्ट अंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ । यद्यपि हामी सुखद नजितका लागि खेल्छौं ।’

उता मनाङका प्रशिक्षक तोपे फुजाले पनि स्वभाविक खेल खेल्दै जितका लागि मच्छिन्द्रको सामना गर्ने बताए ।

‘हामी सबै खेल जितका लागि खेल्नै हो । स्वभाविक खेल देखाउँदै लयलाई निरन्तरता दिन चाहन्छौं,’ मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘सबै टोलीलाई अंकको खाँचो छ । जितका लागि खेल्ने रणनीति बनाएका छन् । तर हामीले स्वभाविक र रणनीतिक हिसाबमा खेल्न चाहन्छौं । जसले गर्दा जित अवश्य मिल्छ ।’

यस्तै छैठौं चरणको खेलअन्तर्गत थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदै छ । जुन रोमाञ्चक हुने अनुमान गरिएको छ । आजै भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेल प्रतिस्ठाको खेल भएको भन्दै स्पष्ट अंकका लागि आफ्नो टोली मैदान उत्रिने बताए ।

‘केही राम्रा खेलाडीमा इन्जुरी हुँदा हामीलाई केही घाटा लागेको छ । पछिल्लो खेलमा हामी रोकिए पनि हाम्रो लक्ष्य भनेको उपाधि नै हो,’ आर्मीका प्रशिक्षक न्यौपानले भने, ‘थ्री स्टार र आर्मीको खेल दुबैका लागि प्रतिस्ठाको लडाँई हो । उपाधि होडमा रहिरहन स्पष्ट अंक निकै महत्वपूर्ण छ । हामी मुख्य खेलाडी विना नयाँ खेलाडीलाई उत्रार्नु च्यालेन्ज छ । सँगै जित पनि उत्तिकै आवश्यक छ ।’

पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए । उता चिरपरिचित प्रतिद्वन्द्वी आर्मी विरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षका रविन्द्र शिखाकारले बताए ।

‘बलियो आर्मीविरुद्ध मैदान उत्रिने फरक रणनीतिका साथ तयारी गरिरहेको छ । अघिल्ला खेलमा हामीले अफसोच नतिजा भोग्नु परेको छ,’ थ्री स्टारका प्रशिक्षक रविन्द्र शिखाकारले भने, ‘आर्मीको मिडफिल्ड राम्रो छ । उसको मिड्फिल्डलाई रोक्दै हामीले मिडफिल्डमा राम्रो गरेर अंक जोड्ने रणनीति अपनाउँदै छौं । हाम्रो तयारी तीन अंकका लागि रहेको छ ।’

शीर्षताको होडमा मनाङ र मच्छिन्द्र नै छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । एएफसी यात्रा साँघुरिएको भन्दै उपाधि लक्ष्य बनाएर खेल्ने आर्मीका प्रशिक्षकले पत्रकार सम्मेलनमा बताए । यस्तै अन्य टोलीले पनि शीर्ष टोली र रेलिगशेनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरियामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिने छैठौं चरणको लिग अघिको पत्रकार सम्मेलनमा बताए ।

सहिद स्मार ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट छैठौं चरणका खेल हुँदै छन् । पाँचौ चरणको खेल सम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्दै गर्दा तीन टोलीले जारी लिगमा पहिलो जित निकाले । छैठौं चरणको खेलमा भने सबै जसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् ।

शुक्रबार पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दै छ । दुबै टोलीले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट अंकका लागि प्रतिस्पर्धा गर्ने बताए । दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच भेट हुनेछ । यही चरणको खेलमा मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदा दुबै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।