
काठमाडौं- सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रित उपाधी नजिक पुगेको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ –० को अग्रता लिए । बिकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए ।

तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाईनल यात्रा तय गरेको हो ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आईल कर्पोरेशन र नेपाल टेलिकम विच भएको खेलमा टेलीकमले बाजी मार्दै फाईनलमा सिल्क संगको भेट पक्का ग¥यो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आईल कर्पोरेशनका बिष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पु¥याए । दोश्रो खेलमा आईल कर्पोरेशनकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् ।

तेश्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेशनका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । चौथो खेलमा आईल कर्पोरेशनका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलीकमका जे।टी।गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पु¥याए । पाँचौ तथा अन्तिम खेलमा टेलीकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाईनल यात्रा तय ग¥यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…