
काठमाडाैं । एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले दोस्रो पटक च्याम्पियन बनेको हो ।
नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६ र २५–१५, २२–१५ र १५–१० ले जित्न सफल भयो । नेपालले यसअघि सन् २०१९ मा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो ।
यससँगै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । नेपालले यसअघि श्रीलंका, माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तान र किर्गिस्तानलाई पराजित गरेको थियो । यस्तै, नेपालले पुरुष तर्फ तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
उता पुरूष तर्फ भने उज्वेकिस्तानसंग साेझाे सेटमा पराजित भएपछि नेपाली पुरुष भलिबल टिम सेन्ट्रल जाेनमा पदक जित्न असफल भएकाे छ । पाँच टिममा नेपाल चाैथाे हुँदै प्रतियाेगिताकाे अन्त्य गरेकाे छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…